बिहीबार २ हजार ३६४ जना काेराेना सङ्क्रमित थपिए, ३ हजार बढी डिस्चार्ज

 कात्तिक १३, २०७७ बिहिबार १६:३७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ६४ हजार सात सय १८ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार दुई हजार तीन सय ६४ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

त्यस्तै गएकाे २४ घण्टामा तीन हजार ३८ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख २४ हजार आठ सय ६२ पुगेको छ ।  

अब नेपालमा ३८ हजार नाै सय ५२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै दुई हजार ६ सय ८९ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नाै सय चार पुगेको मन्त्रालयले जनाएकाे छ । 

अन्तिम अपडेट: कात्तिक १६, २०७७

तपाईको प्रतिक्रिया