बहिष्कार र नाराबाजीपछि संसद् बैठक २६ गतेसम्मका लागि स्थगित

 फागुन २३, २०७७ आइतबार १८:५६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पुनर्स्थापनापछि बसेको प्रतिनिधि सभाको पहिलो बैठक नै तनावपूर्ण बनेको छ । केहीबेर बसेको बैठक फेरि बस्ने अवस्था नभएपछि २६ गते बुधबारसम्मका लागि स्थगित भएको छ ।

सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संसदमा पेस गर्न नहुने भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले संसद्को बैठक नै बहिष्कार गरेको छ भने नेपाली कांग्रेसका सांसदले नाराबाजी गर्दै उठेर विरोध गरेका थिए ।

बहिष्कार र विरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले १० मिनेटका लागि स्थगित गरेको बैठक फेरि बस्न सकेन । 

 याे पनि पढ्नुहाेस्

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया