बाँकेको नरैनापुरमा भीषण आगलागी : ६० भन्दा धेरै घर जलेर नष्ट

 चैत २१, २०७७ शनिबार १७:२२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

बाँके – बाँकेको नरैनापुरमा भीषण आगलागी भइरहेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर चार खोदावामा भएको आगलागीबाट अहिलेसम्म ६० भन्दा धेरै घर जलेर नष्ट भएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले उज्यालोलाई जानकारी दिनुभयो ।

आगलागीमा घाइते भएकी एक महिलालाई उपचारको लागि नेपालगञ्ज लगिएको छ । तीव्र गतिमा हावाहुरी चलिरहेकोले आगो नियन्त्रणमा कठिनाइ भइरहेको पनि उहाँले जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिका र जिल्लाका अन्य निकायका दमकलको सहायतामा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

गाउँभरिकै खाद्यान्न, पशु चौपाया लगायत सबै सम्पत्ति जलेर नष्ट भएको पनि अध्यक्ष साहले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले आगलागीबाट धेरै क्षति भएको र तीनै तहका सरकार मिलेर प्रभावित नागरिकलाई सुरक्षित वासस्थानको बन्दोबस्त गर्नुपर्ने बताउनुभएको छ । 

अन्तिम अपडेट: भदौ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया