निषेधाज्ञामा थप कडाइ गरिन्छ : प्रधानमन्त्री ओली

 बैशाख २०, २०७८ सोमबार १५:५३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली निषेधाज्ञामा थप कडाइ हुने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि विज्ञको सुझावअनुसार निषेधाज्ञा लागू गरिएको र यसलाई थप कडाइ गरिने बताउनुभयो ।

उहाँले निषेधाज्ञाको पालना गरिदिन पनि नागरिकसँग आग्रह गर्नुभएको छ । स्वास्थ्य मापदण्डकाे पालना गरेर र सावधानी अपनाएर नै महामारीविरुद्ध लड्न सकिने उहाँकाे भनाइ छ । 

काेराेना सङ्क्रमणकाे पहिलाे लहरमा अपनाइएकाे सावधानीका कारण महामारी फैलिन नपाएकाे र अहिले दाेस्राे लहरमा पनि त्यस्तै सावधानी अपनाउन ओलीले जाेड दिनुभयाे । 

अन्तिम अपडेट: साउन १३, २०८०

2 Comments

  • Dinesh

    May 3, 2021, 6:47 p.m.

    यो पाराले कोभिद रोकथाम हुँदैन , बरु स्वास्थ्य मापदण्ड अपनाऊँ अनुगमन कड़ा गरौँ , सार्वजनिक यातायातमा ७० प्रतिशत बस्न दिउँ , लकडाउन बेलिका ८ देखि बिहान ६ सम्म गरौँ / होटेल रेस्टुरेन्ट बेलुकी ६ सम्म मात्र खोलौं , केही महामारी बढी भएको देश बाहेक अन्यन्त्रको अन्तराष्ट्रिय उडान चालु गरौं /

  •  0 Reply
  • Binita Fuyal

    May 3, 2021, 4:49 p.m.

    भन्न त भन्नु हुन्छ नि प्रधानमन्त्री ओली जी , तर व्यवहारमा कसैले पालना गरेको छैन , पोहोर जस्तै कडा गरन सके केही हुन्थ्यो कि ?? अहिले त निषेधाज्ञा हो कि हैन जस्तो छ / अत्यावश्यकको नाममा अनावश्यक उद्योगले कामदारलाई बिना कुनै स्वास्थ्य मापदण्ड , सामाजिक दुरी बिना काममा जोतेका जोतेइ छन् / कति यस्ता गुनासा छन्, सुनुवाई कहिँवाट भएन .......

  •  0 Reply

तपाईको प्रतिक्रिया