काठमाण्डौ आसपास हाइकिङ, पर्वतीय पर्यटकलाई जीपीएस ट्र्याकिङ सुरक्षा

 जेठ १५, २०७८ शनिबार १७:३४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – सरकारले दार्चुलादेखि ताप्लेजुङसम्म हिमालय पदमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । आउँदाे आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले यस्तो जानकारी गराउनुभएको हो ।

यस्तै पर्वतीय पर्यटकको सुरक्षाका लागि जीपीएस ट्र्याकिङसहितको सुरक्षा व्यवस्था गर्ने पनि अर्थ मन्त्री पौडेलले जानकारी दिनुभयो । यसैगरी काठमाण्डौ उपत्यका आसपासमा पदमार्ग तथा साइक्लिङ मार्गको स्थापना लगायत पर्यटन प्रवर्द्धनका कार्यक्रम बजेटमा समेटिएका छन् ।

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई आउँदाे वर्षका लागि २७ अर्ब ४७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया