स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिले नागरिकलाई पहिलो गाँसमै ढुङ्गा लागेको छ : डा. केसी

 साउन १२, २०७८ मंगलबार १४:०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले स्वार्थको द्वन्द्व हुने व्यक्तिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व नदिन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएर डाक्टर केसीले स्वास्थ्य क्षेत्रमा यो सरकारबाट धेरै आशा भए पनि सरकारका सुरुवाती गतिविधिले स्वास्थ्य सेवा सुधारको अपेक्षा गरेका नागरिकलाई पहिलै गाँसमा ढुङ्गा लागेको दाबी गर्नुभएको छ ।

देशको सार्वजनिक स्वास्थ्य प्रणाली धराशायी बनाएर निजी अस्पताल फस्टाएको पृष्ठभूमिमा निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी दिने कदम निन्दनीय भएको र आफूहरूलाई स्वीकार्य नहुने डाक्टर केसीको चेतावनी छ । स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै डाक्टर केसीले नीतिगत भ्रष्टाचारलाई संरक्षण नगर्न सुझाव दिनुभएको छ ।

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चलिरहेको आन्दोलनका सबै माग पूरा गरेर संस्था सुधारलाई अघि बढाउनुपर्ने, अघिल्लो सरकारको संरक्षणमा रहेर चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धम्क्याउने व्यक्तिलाई कानुनअनुसार कारबाही हुनुपर्ने र कुनै पनि बहानामा निजी मेडिकल कलेज खोल्न नहुने उहाँकाे भनाइ छ ।

यस्तै आउँदाे शैक्षिक सत्रदेखि गेटा मेडिकल कलेजमा र त्यसपछिको शैक्षिक सत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सुरु गर्ने कुरालाई निश्चित गर्न पनि डाक्टर केसीले माग गर्नुभएको छ ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया