यूएनडीपीको सहयोगमा किशाेरीलाई साइकल वितरण

 असोज ६, २०७८ बुधबार ८:३४:५२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाले किशाेरीहरुलाई ५० वटा साइकल वितरण गरेको छ । किशाेरीलाई समयमै स्कुलसम्म पुग्न  सहयोग पुगाेस्  भन्नका लागि साइकल वितरण गरिएको तुल्सिपुर उपमहानगरपालिकाले जनाएको छ  ।

संयुक्त राष्ट्रसंघकाे विकास कार्यक्रम (यूएनडीपी)को सहयोगमा उपमहानगरपालिकाले “किशोरीहरुको सशक्तिकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान” भन्ने मुल नारा सहित अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल वितरण गरेको हो ।

तुलसीपुरको मेट्रो कलेजमा भएको वितरण कार्यक्रममा यूएनडीपीका नेपाल प्रतिनिधि आयशनी मेडागन्गोटा लाबेले रनियापुर माविमा कक्षा ८ मा अध्यनरत छात्रा शर्मिला नेपाली र तुलसीपुर मेट्रो कलेजमा कानुन विषयमा अध्ययनरत सरिता पुनलाई साइकल हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा यूएनडीपी प्रतिनिधि लाबेले साइकल वितरण कार्यक्रममा बाेल्दै विश्वमा किशोरी अघि बढेका देशहरु मात्रै समृद्धिको बाटोमा अघि बढेको बताउनुभयाे । यस्तै उहाँले सहयोग गर्ने अवसरमा दिएको उपमहानगरपालिकालाई धन्यवाद समेत दिनुभयो ।

त्यही कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई साइकल सिटीका रुपमा विकास गर्ने बताउनुभयो । साइकल सिटीका रुपमा विकास गर्दा आवश्यक पर्ने पूर्वाधार विकासलाई पनि सँगसँगै लैजाने उहाँले बताउनुभयो । वतावरण प्रदुषणलाई पनि साकल यात्राले न्यूनीकरण मामद्धत पुग्ने उहाँकाे भनाइ थियाे ।

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया