रुस र बेलारुसका खेलाडीलाई बेइजिङ पाराओलम्पिकमा प्रतिबन्ध

 फागुन १९, २०७८ बिहिबार १३:३०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रुस र बेलारुसका खेलाडीले चीनको बेइजिङमा हुने शीतकालीन पाराओलम्पिकमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । 

अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी (आईपीसी) ले युक्रेनमा गरेको अमानवीय आक्रमणका कारण रुसका खेलाडीलाई प्रतिबन्ध लगाइएको र रुसलाई सहयोग गरेका कारण बेलारुसका खेलाडीलाई पनि प्रतिबन्ध लगाइएको जनाएको छ । 

आईपीसीले हिजो बुधवार रुस र बेलारुसका खेलाडीले आफ्नो देशको झण्डा नभइ स्वतन्त्र खेलाडीको रूपमा आईपीसीकै झण्डामुनि रहेर खेल्नुपर्ने बताएको थियो । तर रुस र बेलारुसका खेलाडीलाई प्रतिबन्ध नै लगाउनुपर्ने आवाज उठ्दै गएपछि यस्तो निर्णय लिइएको आईपीसीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

‘यो तपाईँहरू आफ्नै सरकारको कार्यको सिकार हुनुभएको छ’, आईपीसीका अध्यक्ष एन्ड्रयु पार्सन्सले भन्नुभएको छ । शीतकालीन पाराओलम्पिकको उद्घाटन आज बिहीवार चीनको बेइजिङमा हुँदैछ, खेलहरू भने भोलि शुक्रवारदेखि सुरु हुँदैछ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया