स्थानीय तह चुनावका लागि उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

 चैत ४, २०७८ शुक्रबार १६:३०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले आज शुक्रवार पत्रकार सम्मेलन गरी आजै बसेको बैठकले स्वीकृत गरेको स्थानीय तह निर्वाचन कार्यक्रम स्वीकृत गरेको जानकारी गराउँदै उम्मेदवार दर्तासम्बन्धी कार्यक्रम सार्वजनिक गरेको हो ।

आयोगले सार्वजनिक गरेको कार्यक्रमअनुसार आउँदो वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने मिति तोकिएको छ । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दिन सकिनेछ ।

आयोगले वैशाख १२ गते बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ भने १३ गते उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकेको छ । यस्तै उजुरीमाथि छानबिन गरेर आयोगले वैशाख १५ गते उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ । वैशाख १६ गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।

यस्तै वैशाख १६ गते बेलुका ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगले वैशाख १७ गते  उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्नेछ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Madan ghimire

    March 18, 2022, 6:04 p.m.

    निर्बाचन सर्नु भएन स्वस्थ्य र धाँधली रहित मतदान गराउनु पर्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया