डब्लुएचओका महानिर्देशक आज नेपाल आउँदै

 वैशाख ८, २०७९ बिहीबार ८:४१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोभ गेहब्रेयसस आज नेपाल आउँदै हुनुहुन्छ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उहाँ दिउँसो सवा १२ बजे नेपाल आउनुहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नुहुनेछ । त्यसैगरी उहाँले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नुहुनेछ । स्वास्थ्यमन्त्री खतिवडा, परराष्ट्रमन्त्री खड्का र राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनासँग आज भेटवार्ताको कार्यक्रम छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवासँग भोली भेट हुनेछ । भ्रमणकै क्रममा उहाँले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्नुहुने कार्यक्रम छ । त्यस्तै हनुमानढोका दरबार स्क्वायर, पाटन हाइस्कुलको पनि अवलोकन गर्ने तालिका रहेको छ । भ्रमण सकेर महानिर्देशक गेहब्रेयससको टोली शनिबार बिहान फर्कनेछ ।
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया