सडक सञ्जालसँग जोडिएपछि दुर्गम बस्ती सुगम बन्दै
मंसिर २५, २०८० सोमबार
काठमाडाैं – ललितपुरको श्रीकुल स्कुलमा बेसबलको खेल मैदान निर्माण सम्पन्न भएको छ । लालीगुराँस बेलबल क्लब जापानको सहयोगमा निर्माण भएको बेसबल मैदानको उद्घाटन नेकपाका नेतृ तथा सांसद पम्फा भुसालले गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल शिवेन्द्र कार्कीले खेल मैदानबाट ललितपुर र काठमाडौ उपत्यकाभरिकै विद्यार्थी लाभान्वित हुने बताउनुभयो ।
कार्यक्रममा, नेपालका लागि जापानी राजदुत साइगो मचाहिटी र ललितपुरका प्रदेश सांसद राजकाजी महर्जन, लालिगुरास बेसबल क्लब जापानका अध्यक्ष योसेइ कोव यसी, नेपाल बेसबल एसोसिएसनका अध्यक्ष अजितशमशेर राणा ललितपुर बेसबलका अध्यक्ष केशव थापा लगायत उपस्थित हुनुुहुन्थ्यो ।