नागरिकता विधेयक फिर्ता लिने सरकारकाे निर्णय

 असार २१, २०७९ मंगलबार १८:४३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उज्यालोलाई जानकारी दिनुभयो । 

विधेयकमा भएका कतिपय विषय परिवर्तन गर्नुपर्ने भएकाले अहिले फिर्ता लिएर फेरि प्रतिनिधि सभामा पेस गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । नागरिकता विधेयक २०७५ सालको साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएर राज्य व्यवस्था तथा सुशासन समितिले झन्डै दुई वर्ष दफावार छलफल गरेपछि प्रतिनिधि सभामा पेस गरेको थियो । नागरिकता विधेयक पास नहुँदा लाखौँ नागरिकले नागरिकता पाउन नसकेको भन्दै विधेयक पारित गर्न चौतर्फी दबाब रहेको छ । 

विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा सात वर्षपछि दिने भन्ने विषय विवादमा रहेको छ । अहिले जन्मका आधारमा नेपाली नागरिकता पाएका नागरिकका सन्तानले नागरिकता नपाउँदा समस्या रहेको छ । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया