शेयर बजार सामान्य घट्यो, ५० करोड ७६ लाख रुपैयाँको कारोबार

 कात्तिक ३, २०७९ बिहिबार १५:२१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो बुधवार दोहोरो अङ्कले घटेको शेयर बजार आज बिहीवार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ३८ अङ्कले घटेर एक हजार आठ सय ४४ दशमलव १४ विन्दुमा झरेको छ । 

आज व्यापार, विकास बैंक र लगानीबाहेक अरू समूहको शेयर सामान्य घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । दुई सय २१ वटा कम्पनीकाे १५ लाख ४६ हजार कित्ता शेयर ५० करोड ७६ लाख रुपैयाँमा कारोबार भएकाे छन् । सबैभन्दा धेरै अभियान लघुवित्तको तीन करोड ६९ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज सेन्चुरी डिबेन्चर र सामुदायिक लघुवित्तको शेयर साढे सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि सयपत्री हाइड्रो पावरको शेयर १० प्रतिशत तथा विन्ध्यवासिनी हाइड्रो र विशाल बजार कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया