राजस्व छल्ने २ वटा कम्पनीविरुद्ध साढे ४५ करोड रुपैयाँ जरिबानाको मागसहित मुद्दा दायर

 कात्तिक २८, २०७९ सोमबार १४:५१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राजस्व छलीको आरोपमा दुई वटा कम्पनी र प्रमुखविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको छ । 

राजस्व अनुसन्धान विभागले ४५ करोड रुपैयाँभन्दा धेरै बिगो र जरिबानाको माग गरेर काठमाण्डौ कुलेश्वरको अंकुश सप्लायर्सका प्रमुख प्रवीणकुमार महतो र युनिक ट्रेडर्स एन्ड सप्लायर्सका आत्मराम पासवानविरुद्ध उच्च अदालत पाटनमामा आज साेमवार राजस्व चुहावटको मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध २२ करोड ६३ लाख रुपैयाँ बिगो र बिगो बराबरकै सजाय हुने गरी ४५ करोड २७ लाख ६२ हजार रुपैयाँ जरिबानाको माग गरिएको छ । 

अंकुश ट्रेडर्स र युनिक ट्रेडर्सले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्क्ली तथा झुटा भ्याट बिल खरिद गरेर वित्तीय विवरणहरू तयार गरी कर छलेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया