समानुपातिकतर्फ स्वतन्त्र पार्टीलाई पछि पार्दै माओवादी केन्द्र तेस्रो

 मंसिर १०, २०७९ शनिबार १३:७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेको अग्रता कायमै रहँदा माओवादी तेस्रोमा आएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर तेस्रो स्थानमा रहेको थियो ।

आज दिउँसो १ बजेसम्मको विवरण अनुसार एमालेले समानुपातिक प्रतिनिधि सभातर्फ १९ लाख मत कटाएको छ । उसको १९ लाख ६८७ मत छ । दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले १८ लाख ३४ हजार ५३८ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रको ८ लाख ४ हजार २६९ मत रहेको छ ।

चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख २ हजार १६ मत रहेको छ । पाँचौँमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको ४ लाख ११ हजार २६८ मत रहेको निर्वाचन आयोगको विवरण छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया