मतगणना भैरहेको सुनसरी-४ मा कांग्रेसका ज्ञानेन्द्र कार्की ३ सय २८ मतले अगाडि

 मंसिर १४, २०७९ बुधबार १२:१२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत अहिले मतगणना भैरहेको सुनसरी–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायमै छ ।

उहाँ प्रतिस्पर्धी नेकपा एमालेका जगदिशप्रसाद कुसियैत भन्दा ३ सय २८ मतले अगाडि हुनुहुन्छ । पछिल्लो विवरण अनुसार कार्कीले २६ हजार ५६३ र कुसियैतले २६ हजार २३५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । 
 

अन्तिम अपडेट: पुस १२, २०७९

तपाईको प्रतिक्रिया