पूर्वाधार विकासका कामलाई प्राथमिकता दिन निर्माण व्यवसायी महासङ्घको माग

 मंसिर २२, २०७९ बिहीबार ११:४८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाल निर्माण व्यवसायी महासङ्घले विकास निर्माणको कामलाई र पूर्वाधार विकासलाई प्राथमिकता दिन माग गरेको छ ।

१५औँ निर्माण दिवसका अवसरमा बिहान महासङ्घका अध्यक्ष रवि सिंहले देशमा रोजगारी सिर्जना गर्ने, सुशासन कायम गर्न पनि पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो । उहाँले कोरोना महामारी, रुस—युक्रेन युद्ध, तरलताको अभाव, निर्माण सामग्री समयमा नै उपलब्ध नहुनु लगायतका कारण निर्माण व्यवसाय सङ्कटमा पर्न थालेको पनि बताउनु भएको छ ।

अध्यक्ष सिंहले निर्माण व्यवसायलाई चलायमान बनाउन सरकारले निर्माण क्षेत्रमा पुँजी सञ्चालन गरी निर्माण उद्योगले प्राप्त गरेको सार्वजनिक खरिद ऐनमा व्यवस्था भएअनुसार २० प्रतिशत पेस्की रकम दिने प्रावधानलाई कडाइका साथ लागू गर्नुपर्ने र निर्माण व्यवसायीले दिएको बिलको तुरुन्त भुक्तानी गर्न आवश्यक रहेकोमा जोड दिनु भएको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घले आज १५औँ निर्माण दिवस मनाएको छ । निर्माण दिवसको अवसरमा महासङ्घले प्रभातफेरी पनि गरेको थियो ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया