चाडको मरुभूमिमा बालबालिकासहित २७ आप्रवासीको शव फेला

 मंसिर २९, २०७९ बिहीबार ११:३९:५१ | एजेन्सी
unn.prixa.net

चाडको मरुभूमिमा आप्रवासीका २७ शव भेटिएको छ ।

चार जना बालबालिकासहित आप्रवासीका २७ शव फेला परेका आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले जनाएको हो । ती आप्रवासीहरू पश्चिम–मध्य चाडको मौसोरो सहरबाट ट्रकमा निस्केका र बाटोमै ट्रक बिग्रिएर भोकप्यासले ज्यान गएको हुन सक्ने आप्रवासन सङ्गगठनको अनुमान छ ।

सङ्गठनको चाडका प्रमुख एनी क्याथ्रिन शेफरले यस्ता अकल्पनीय घटना रोक्न सुदृढ व्यवस्थापन तथा सामूहिक काम गर्न आवश्यक रहेको बताउनुभएको समाचार संस्था एपीले जनाएको छ ।

बितेका आठ वर्षमा सहारा मरुभूमि पार गर्ने प्रयासमा साढे ५ हजारभन्दा धेरैको ज्यान गएको वा बेपत्ता भएको विवरण छ । यो वर्ष एक सय ५० आप्रवासीको मरुभूमिमा ज्यान गइसकेको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया