आईएमई र नेपाल एसबीआई बैंकबीच सम्झौता, रेमिट्यान्स भुक्तानी थप सहज हुँदै

 पुष ५, २०७९ मंगलबार १३:२६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमई र नेपाल एसबीआई बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार आईएमईका जुनसुकै शाखा सञ्जालमार्फत् पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ ।

सोमवार काठमाण्डौमा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्झौता सम्पन्न भएको थियो । सम्झौता पत्रमा आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा आईएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, नेपाल एसबीआई बैंकका प्रबन्ध सञ्चालक एवम् प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्याललगायत दुवै संस्थाका उच्चपदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया