आईएमई दशैँ अफर विजेतालाई १० लाख रुपैयाँको चेक हस्तान्तरण

 पुष ५, २०७९ मंगलबार २०:२८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईएमईले दशैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज मङ्गलवार चेक हस्तान्तरण गरेको छ । 

'आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा' नामक थिममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा बेलिमाया तामाङलाई हस्तान्तरण गरिएको हो । मलेसियाबाट आईएमईमार्फत १४ हजार ५० रुपैयाँ पठाउनुभएका तामाङले १० लाख रुपैयाँ उपहारस्वरूप प्राप्त गर्नुभएको थियो । 

आज काठमाण्डाैकाे पानीपोखरीमा रहेकाे आईएमईको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबिच आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङलाई चेक हस्तान्तरण गर्नुभएको हो ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया