नेकपा फुटेपछि प्रचण्ड पहिलो पटक बालकोट पुग्दा ... (तस्बिरहरू)

 पुस १०, २०७९ आइतबार १५:३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा विभाजनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेट पुग्नुभएको छ । 

नयाँ सरकार गठनकाे विषयमा सत्ता गठबन्धनमा सहमति नजुटेपछि एमालेसँग छलफलका लागि प्रचण्ड ओली निवास बालकाेट पुग्नुभएको हो ।

ओलीले २०७७ पुस ४ गते संसद् विघटन गरेपछि ओली र प्रचण्डबीच सम्बन्ध चिसिएको थियो । तर यस पटक नेपाली कांग्रेसले पहिलो कार्यकाल प्रधानमन्त्री नदिएपछि रिसाएर बालकाेट पुग्नुभएका प्रचण्डले ओलीसँग हँसिलो मुद्रामा फोटो खिचाउनुभएको छ ।

तस्बिर ‌: ओलीकाे सचिवालय

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया