बाँकेमा बसले कारलाई ठक्कर दिँदा २ जनाकाे ज्यान गयाे
जेठ १६, २०८० मंगलबार
काठमाण्डाै - नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न निकायबाट कर लगाउने तथा दूरसञ्चार सेवामा बाधा पार्ने काम भइरहेकोतर्फ ध्यानाकर्षण भएको जनाएको छ ।
आज एक सूचना निकालेर प्राधिकरणले नेपालको संविधान, २०७२ को अनुसूची ५ मा दूरसञ्चार सेवा संघको अधिकार क्षेत्रमा पर्ने उल्लेख भएको तर विभिन्न निकायबाट दूरसञ्चार सेवामा विभिन्न किसिमका करहरू लगाउने, दूरसञ्चार सेवामा बाधा पर्ने किसिमका कार्यहरू गर्ने तथा यसका पूर्वाधारमा हानि/नोक्सानी पुर्याउने गरी भइरहेकाे जनाएको हो ।
साथै प्राधिकरणले दूरसञ्चार सेवासँग सम्बन्धित कुनै सम्पत्तिमा हानि/नोक्सानी पुर्याउने काम दूरसञ्चार ऐन, २०५३ अनुसार दण्डनीय भएको जनाएको छ । इन्टरनेट सेवा अवरोध हुँदा इन्टरनेटमा आधारित अन्य सेवाहरूमा समेत अवरोध हुने भएकाले प्राधिकरणले गैह्रकानुनी काम नगर्न र नगराउन सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।
साथै दूरसञ्चार पूर्वाधारमा हानि/नोक्सानी पुर्याउने काम भएको पाइएमा नजिकको प्रहरीचौकी वा प्राधिकरणलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ ।