पाेखराकाे रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुला
जेठ १५, २०८० सोमबार
काठमाण्डाै - नयाँ सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ।
लिगको पहिलो खेलमा आज नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच खेल हुँदैछ । यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ ।
दशरथ रङ्गशाला, एन्फा कम्प्लेक्स र च्यासल गरी तीन वटा मैदानमा हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १ सय ८२ खेल हुनेछ । यसपटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछ ।
फेयर प्ले टोलीले ३ लाख रुपैयाँ पाउनेछ ।