पाैडेल र नेम्वाङ दुवै सक्रिय राजनीतिमा छन्, निष्पक्ष भूमिकाकाे परिकल्पना गर्न सकेनाैँ : लिङ्देन

 फागुन २४, २०७९ बुधबार १८:३४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति चुनावमा तटस्थ बस्ने निर्णय गरेको छ । बुधवार काठमाण्डाैमा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति चुनावमा भाग नलिने निर्णय गरेको हो ।

बैठकपछि बाेल्दै पार्टीका अध्यक्ष एवम् राजेन्द्र लिङ्देनले राष्ट्रपतिका दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहेकाले उहाँहरूबाट निष्पक्ष र राष्ट्रको अभिभावकीय भूमिका निर्वाह नहुने देखेपछि चुनावमा तटस्थ बस्न उपयुक्त हुने निष्कर्ष निकालेको तर्क गर्नुभयाे । 

उहाँले भन्नुभयाे, ‘हामीले सर्वसम्मत ढङ्गले राष्ट्रपतिको चुनावमा सहभागी नहुने निर्णय गरेका छौँ । राष्ट्रपतिलाई संविधानले संवैधानिक वा सेरेमोनियल संस्था, राष्ट्रको अभिभावकीय, निष्पक्ष संस्थाको रूपमा परिकल्पना गरेको छ । अहिले उम्मेदवार बन्नुभएका दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहनुभएको, दुवै जना भर्खरै एक/एक वटा राजनीतिक पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको व्यक्तित्व हुनुहुन्छ । उहाँहरूबाट त्यो अभिभावकीय भूमिका र त्यो निष्पक्षताको हामीले परिकल्पना गर्न सक्दैनौँ । त्यस कारण चुनावमा हामी तटस्थ बस्नु उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुगेका हौँ ।’

भाेलि बिहीवार राष्ट्रपति पदको चुनाव हुँदैछ । चुनावका लागि नाै दलकाे तर्फबाट साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिनुभएको छ । 

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया