कोरोना महामारीका कारण विश्वका ८० लाखभन्दा धेरै बालबालिका अनाथ

 चैत १५, २०७९ बुधबार ६:५५:२८ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

कोरोना महामारीका कारण विश्वभर ८० लाखभन्दा धेरै बालबालिका अनाथ भएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सन् २०२० को मार्चमा कोभिड–१९ लाई महामारी घोषणा गरेयता विश्वव्यापीरूपमा ८० लाखभन्दा धेरैको सङ्ख्यामा बालबालिका अनाथ भएका पाइएको छ ।

कोभिड महामारीको प्रभावबारे खोज तथा तथ्याङ्क अनुसन्धान गरेको इम्पेरियल कलेज, लण्डनका अनुसार महामारीको तीन वर्षको अवधिमा अमेरिकामा मात्रै दुई लाख ३८ हजार पाँच सय बालबालिकाले अभिभावक गुमाएका छन् । उनीहरु आर्थिक, शैक्षिक एवं मानसिक चुनौती झेल्न बाध्य भएका छन् ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम नियन्त्रण केन्द्रले अभिभावक गुमाएका बालबालिका गरिबीतर्फ धकेलिएका, दुर्व्यवहारको जोखिममा रहेका, उनीहरूको शरीरिक एवं मानसिक विकास तथा मानसिक स्वास्थ्यका साथै शिक्षामा पनि चुनौती थपिएको जनाएको छ ।

कोरोनाका कारण सबैभन्दा धेरै अभिभावक गुमाउने अमेरिकी ६ वटा राज्यमध्ये क्यालिफोर्निया पहिलो स्थानमा छ । न्युयोर्क राज्यले अभिभावक वा आफ्नो हेरचाह गर्ने गुमाएका बालबालिकाका लागि छात्रवृत्ति कोषमार्फत् आर्थिक सहयोग गर्ने वैधानिक व्यवस्था गरेको छ ।    
 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया