बाँकेमा बसले कारलाई ठक्कर दिँदा २ जनाकाे ज्यान गयाे
जेठ १६, २०८० मंगलबार
काठमाण्डाै - तराई मधेसका विभिन्न जिल्लाबाट मिटरब्याजी विरुद्ध आन्दोलन गर्न काठमाण्डौ आएका धेरैजसो मिटरब्याज पीडितहरु गम्भीर बिरामी पर्न थालेका छन् । धेरैजसोलाई रुघाखोकी लागेको छ । ज्वरो आएको छ । कतिपयलाई भने टाउको दुख्ने, पेट फुल्ने, आउँ पर्ने जस्ता समस्या देखिएको छ ।
बिरामी परेका कुमार बस्नेतको दुई दिनदेखि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । अन्य केहीको भने वीर अस्पतालमा उपचार भएको छ । उनीहरु दुई तीन दिनको अस्पताल बसाइ पछि फर्किएका छन् । तर, स्वाथ्यमा सुधार आउन बाँकी छ ।
मिटरब्याज पीडितहरु अनामनगरको तमु बौद्धमा बस्दै आएका छन् । धरैजसो पीडितहरु बिरामी पर्न थालेपछि आज सरकारी डाक्टरसहितको टोलीले तमु बौद्धमै गएर उनीहरुको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ ।
बिहान १० बजेदेखि डाक्टरसहितको टोलीले स्वास्थ्य परीक्षण गर्ने र आवश्यक औषधिसमेत वितरण गर्ने जानकारी आएको मिटरब्याज पीडित महोत्तरीका पुर्षोत्तम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार तमु बौद्धमा एक सय ६ जना बसिरहेका छन् ।
सरकारले जाँचबुझ आयोग गठन गरेर माग पूरा नगरेसम्म काठमाण्डौमै बस्ने तयारी छ । जाँचबुझ आयोग गठन भएमा भने केही दिनमा घर फर्किने उहाँले बताउनुभयो । हिजो सरकारसँगको वार्तामा पाँच बुँदे सहमति भएको छ । सहमतिसँगै आन्दोलन स्थगित भएको छ । गएको २ गते बर्दिवासबाट हिँडेका उनीहरु गएको आइतवार काठमाण्डौ आइपुगेका थिए ।