शुक्रवार सुनकोशीमा खसेको जीप र दुई वटा शव भेटिए, एक जना अझै बेपत्ता

 जेठ २३, २०८० मंगलबार १९:२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै - गएको शुक्रवार सुनकोशी नदीमा खसेको जीप आज भेटिएको छ । पाँच दिनसम्मको खोजीपछि आज जीप र त्यसमा रहेका दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । शवको पहिचान भएको छैन ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेकाे जीप गएको शुक्रवार सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खस्दा प्रशासन शाखाका निर्देशक तनहुँका कृष्ण केसी, पूर्वी नवलपरासी घर भएका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल र इलामका विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानसमेत चारवटा टोलीले शुक्रवारदेखि निरन्तर खोजी गरे पनि केही पत्ता लागेको थिएन । आज सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले जीप भेट्टाएको हो ।

पानीको बहाव तीव्र भएका कारण सुनकोसीको पानीको बहावलाई रामेछापतर्फ फर्काएपछि खोजीमा केही सहज भएको थियो । 
        

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया