राहुल गान्धी मानहानि मुद्दा : सर्वोच्चले गुजरात सरकार र बीजेपी नेतालाई 'नोटिस' जारी गर्‍याे

 साउन ५, २०८० शुक्रबार १६:३०:२० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीविरुद्ध परेकाे मानहानिकाे फैसलाविरुद्धकाे पुनरावेदनमा त्यहाँकाे सर्वाेच्च अदालतले गुजरात सरकार र भारतीय जनता पार्टी (बीजेपी) नेता पूर्णेश माेदीलाई १० दिनभित्र जवाफ दिन 'नाेटिस' जारी गरेकाे छ ।

शुक्रवार न्यायाधीश बीआर गवईको संयोजकत्वको इजलासले त्यस्तो सूचना जारी गरेको हो । नेता गान्धीको पुनरावेदनमाथि यही साउन १९ गते सुनुवाइ हुनेछ । 

गुजरात उच्च न्यायालयले आफ्नो आदेशमा आपराधिक मानहानि मुद्दामा नेता गान्धीको सजायलाई रोक्न अस्वीकार गरेको थियो । अदालतले सुरत अदालतले गरेको निर्णयलाई नै सदर गरेको थियो । मोदी उपनामलाई लिएर नेता गान्धीले गरेको टिप्पणीबाट मानहानि भएको भन्दै सुरत अदालतले दुई वर्षको जेल सजाय सुनाएको थियो । अदालतको त्याे निर्णयसँगै नेता गान्धीको संसद् पद खारेज भएको छ । 

नेता गान्धीले सन् २०१९ को अप्रिलमा कर्नाटकको कालारमा भएको चुनावीसभामा विपक्षी दलको नेताका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कटाक्ष गर्दै किन सबै चोरहरूको थर ‘मोदी’ हुँदो रहेछ भन्ने प्रश्न गर्नुभएकाे थियाे । उहाँको यो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बीजेपी नेता पूर्णेश मोदीले सुरत अदालतमा मुद्दा दायर गर्नुभएकाे थियाे ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया