जी–२० शिखर सम्मेलनलाई लक्षित गरेर नयाँ दिल्लीमा बाँदर नियन्त्रण शुरु

 भदौ १३, २०८० बुधबार १७:५३:५० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आउँदो महिना हुने जी–२० को शिखर सम्मेलनमा बाँदरले दुःख दिने अनुमान गर्दै भारतको राजधानी नयाँ दिल्ली प्रशासनले सतर्कता अपनाएको छ । अधिकारीहरूले बाँदर नियन्त्रणका लागि विभिन्न उपायको खोजी गरिरहेका बीबीसीले जनाएको छ ।

भारतको नयाँ दिल्लीमा हजारौँको सङ्ख्यामा ढेँडु जातको बाँदर रहेका छन् । यी बाँदरले बेला बेला मानिसलाई आक्रमण गर्ने तथा विभिन्न समारोहमा प्रवेश गरेर बिथोल्ने गरेका छन् ।

जी–२० शिखर सम्मेलनको क्रममा बाँदलले दुःख नदिऊन् भनेर अधिकारीहरूले विभिन्न जनावरको स्वर निकाल्ने ४० जना मानिसलाई ठाउँ–ठाउँमा खटाउने तयारी गरेका छन् । यस्तै बाँदरलाई खानेकुरा खोज्न भौतारित नपरोस् भनेर ठाउँ–ठाउँमा पर्याप्त खाना राखिदिने तयारीसमेत रहेको खबरमा उल्लेख छ ।

आउँदो सेप्टेम्बरको ९ र १० तारिखमा नयाँ दिल्लीमा जी–२० हुँदैछ । यो सम्मेलनमा अमेरिका, बेलायत, दक्षिण अफ्रिका, अस्ट्रेलिया, क्यानडालगायतका देशका प्रमुख आउने सम्भावना छ ।

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया