ब्राजिलमा आँधीका कारण कम्तीमा २७ जनाको ज्यान गयो

 भदौ २०, २०८० बुधबार १९:३३:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

ब्राजिलमा सामुद्रिक आँधीपछिको वर्षा र हावाहुरीका कारण कम्तीमा २७ जनाको ज्यान गएको छ । आँधीकार काण धेरै मानिस बेपत्ता भएका छन् ।

हजारौँ मानिस विस्थापित भएका र सयौँलाई घरको छतबाट हेलिकप्टरमार्फत उद्धार गरिएको उद्धार अधिकारीहरूलाई उद्धृत गर्दै कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।

राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले देशमा थप बाढी आउन सक्ने भन्दै सुरक्षित रहन आग्रह गर्नुभएको छ । उहाँले उद्धार र राहतका लागि तयारी अवस्थमा बस्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको पनि अल जजिराले जनाएको छ ।

रियो ग्रान्डे डो सूलका गभर्नरले राज्यले भोगेको याे अहिलेसम्मकै मौसमसम्बन्धी ठूलो प्रकोप भएको बताउनुभएको छ । राज्यमा पछिल्लो २४ घण्टामा तीन सय मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया