पशुपति मन्दिर क्षेत्र वरपर मासु र जाँडरक्सी निषेध

 भदौ ३१, २०८० आइतबार १०:५३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले पशुपति मन्दिर क्षेत्र वरपर मासु र जाँडरक्सी निषेध गरेको छ ।

भोलि तीजको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले मासु, जाँडरक्सी र अन्य नशालु पदार्थ निषेध गरिएको हो ।

यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बाग्मतीदेखि दक्षिणसम्म चार किल्ला तोकेको छ ।

यो क्षेत्रमा मासु, जाँडरक्सी तथा नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसारपसार, भण्डारण गर्न र खान आजदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले जनाएको छ ।
 

अन्तिम अपडेट: भदौ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया