तीन जना नेपाली र पाकिस्तानी दम्पतीले गरे मनास्लु हिमालको सफल आरोहण

 असोज ७, २०८० आइतबार ८:५१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सेभेन समिट ट्रेक्स

काठमाण्डाै - पाकिस्तानी दम्पती र तीन जना नेपाली गरी पाँच जनाले मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।

तीन जना शेर्पाहरुको साथमा पाकिस्तानी दम्पती अहमद उजैर र अनुम उजैर बिहान मनास्लुको शिखरमा पुगेका सेभेन समिट ट्रेक्सले जनाएको छ ।

अघिल्लोे आइतवारदेखि शरद ऋतुको आरोहण शुरु भएको हो । यो सिजन मनास्लु हिमाल आरोहणमा लागि उपयुक्त मानिन्छ । यस वर्षको शरद ऋतुमा नेपालमा हिमाल आरोहणका लागि तीन सय ९५ जनाले अनुमति लिएकामा तीन सय एक जनाले मनास्लुका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

मनास्लु हिमाल आरोहण अनुमतिबापत सरकारले यो सिजनमा तीन करोड ४० लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

मनास्लु विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । सबैभन्दा पहिले सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गर्नुभएको थियो ।  

अन्तिम अपडेट: जेठ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया