पहिरोमा पुरिएर गुल्मीमा १ जनाको ज्यान गयो

 असोज ८, २०८० सोमबार १५:५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – पहिराेमा पुरिएर गुल्मीमा १ जनाको ज्यान गएको छ । पहिराेमा पुरिएर प्युठानकाे गौमुखी गाउँपालिका–३ का १७ वर्षीय डोरबहादुर घर्तीकाे ज्यान गएकाे  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नविनकिशोर प्रधानले जानकारी दिनुभयाे ।

रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा शेरबहादुर बेलबासेको घर निर्माण गर्ने क्रममा माथिबाट पहिरो खस्दा घर्तीको घटनास्थलमै ज्यान गएको एसपी प्रधानले बताउनुभयो ।

पहिरोमा परेर घरधनी ७९ वर्षीय शेरबहादुर बेलबासे र प्युठानकाे गाैमुखी–३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका छन् ।

गुल्मीमा गएकाे ३ दिनदेखि लगातार पानी परिरहेकाे छ । वर्षाका कारण गुल्मीकाे जनजीवन प्रभावित भएकाे छ ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया