गगनको प्रश्न : कांग्रेस सरकारमा भएकाे बेलामा यति धेरै काण्डहर...
मंसिर २४, २०८० आइतबार
काठमाण्डौ – नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लङ्घन गर्ने दुई वटा हेलिकप्टर कम्पनीका ‘एएस–३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ ।
लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लङ्घन गरेको भन्दै प्राधिकरणले श्री एअरलाइन्स र फिस्टेल एअरको हेलिकप्टरलाई ग्राउन्डेड गरेको हो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मौसम सफा भएर उडान भर्नुपर्ने मापदण्ड उल्लङ्घन गरेकाले दुई वटा कम्पनीका तीन वटा हेलिकोप्टरलाई अर्को निर्णय नभएसम्मका लागि ग्राउन्डेड गरिएको बताउनुभयो ।
‘दुई वटा कम्पनीका हेलिकप्टरले भिजिबिलिटी एक सय मिटर नभएको अवस्थामा समेत ‘भीएफआर’ नियम मिच्दै हेलिकप्टर उडाएपछि प्राधिकरणले हेलिकप्टरलाई ग्राउन्डेड गरेको हो’, प्रवक्ता भुलले भन्नुभयो ।
हेलिकप्टर उडानका लागि ‘कन्ट्रोल एअरस्पेस’मा कम्तीमा पाँच हजार र ‘अनकन्ट्रोल एअरस्पेस’मा एक हजार पाँच सय भिजिबिलिटी चाहिन्छ । ती तीन वटा हेलिकप्टरको उडानको ‘भिजुअल’का आधारमा ‘क्रिटिकल’ उडान अर्थात् झन्डै दुर्घटनाबाट जोगिएको पाइएका आधारमा ग्राउन्डेड गरिएको प्राधिकरणले स्पष्ट पारेको छ ।