शम्भुनाथका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दाेषी ठहर

 असोज १२, २०८० शुक्रबार १७:४८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारुको संयुक्त इजलासले निलम्बित मेयर गुप्तासहित दुई जनालाई भ्रष्टाचारी ठहर गरेको हो ।

शम्भुनाथ नगरपालिकाका इन्जिनियर रामचन्द्र साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको थियो । इन्जिनियर साहको बयान र मेयर गुप्ताकाे घुस माग गरेको अडियो फेला परेपछि गुप्ता पनि पक्राउ परेका थिए ।

अख्तियारले मेयर गुप्ता र इन्जिनियर साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । दोषी ठहर गर्दै दुवै जनालाई छ महिना कैद र ७० हजार रुपैयाँ जरिबाना तोकेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया