डाक्टरमाथि भएको कुटपिटको विरोधमा प्रदर्शन

 असोज १५, २०८० सोमबार ११:५१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  - काठमाण्डाै मेडिकल कलेज (केएमसी) का एक जना डाक्टरमाथि भएको कुटपिटको विरोधमा डाक्टरहरुले प्रदर्शन गरेका छन् ।

डाक्टरहरुले अस्पताल प्राङ्गण अगाडि बिहान प्रदर्शन गरेका हुन् ।  उनीहरुले चिकित्सक र स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार र अत्याचार अन्त्य गर्न माग गरेका छन् ।

हिजो उपचारका लागि केएमसी पुगेका बिरामीका आफन्तले डा. मनिष खड्कामाथि कुटपिट गरेका अस्पतालले जनाएको छ ।

कार्यकक्षमै डाक्टर कुटिएपछि स्वास्थ्यकर्मीहरूले हिजो पनि सिनामङ्गल क्षेत्रमा प्रदर्शन गरेका थिए । यसअघि पनि पोखराको मणिपाल, लमजुङको लमजुङ अस्पताललगायत देशभरका विभिन्न अस्पतालमा डाक्टरमाथि कुटपिट भएपछि डाक्टर एवम् स्वास्थ्यकर्मीले ५ दिनदेखि सेवा ठप्प पार्दै आन्दोलन गरेका थिए ।

सरकारले सुरक्षित कार्यस्थलको सुनिश्चितता गर्ने र आक्रमणमा संलग्नलाई कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएपछि हिजोदेखि डाक्टर एवम् स्वास्थ्यकर्मी उपचार सेवामा फर्किएका थिए ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया