उत्तरी गाजाका ११ लाख प्यालेस्टिनीलाई २४ घण्टाभित्र दक्षिणी गाजा जान इजरायली सेनाको उर्दी

 असोज २६, २०८० शुक्रबार १५:३१:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायली सेनाले उत्तरी गाजा क्षेत्रमा बसोबास गर्ने ११ लाख प्यालेस्टिनीलाई २४ घण्टाभित्र दक्षिण गाजामा जान उर्दी जारी गरेको छ । इजरायलले उत्तरी गाजामा स्थल आक्रमण गर्ने भन्दै सर्वसाधारणलाई दक्षिणी गाजा जान भनेको हो ।

अहिले इजरायलले गाजासँगको सीमा क्षेत्रमा ठूलो सङ्ख्यामा आफ्ना सैनिक तैनाथ गरेको बीबीसीले जनाएको छ । इजरायली सेनाले उत्तरी गाजा क्षेत्रबाट ११ लाख प्यालेस्टिनीलाई दक्षिण गाजा जान जारी गरेको उर्दी संयुक्त राष्ट्रसङ्घलाई पनि जानकारी गराएको छ । संयुक्त राष्ट्रसङ्घले यति ठूलो सङ्ख्यामा मानिस २४ घण्टामा दक्षिण गाजा जान नसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासले भने उत्तरी गाजामा बसोबास गर्दै आएका प्यालेस्टिनीलाई आफू बसेको ठाउँ नछोड्न भनेको छ । गाजा क्षेत्रमा शासन गर्दै आएको हमासले इजरायलले मनोवैज्ञानिक युद्ध गरिरहेको भन्दै ठाउँ छाडेर नहिँड्न भनेको हो ।

हमासले गएको शनिवार इजरायलमाथि आक्रमण गरेको थियो । त्यसपछि हमास र इजरायली सेनाबीच युद्ध चर्किएको हो । हमासको आक्रमणमा इजरायलतर्फ एक हजार तीन सय जनाभन्दा धेरैको ज्यान गएको छ भने इजरायली सेनाको आक्रमणमा एक हजार पाँच सय जनाभन्दा बढी प्यालेस्टिनी मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया