सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रुपमै बिजुली चाेरी

 कात्तिक २५, २०८० शनिबार १२:५४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

सर्लाही - सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रुपमै बिजुली चोरी भइरहेको पाइएको छ ।

नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय, जनकपुरले आइतवार, सोमवार,मङ्गलवार र बुधवार बलरा नगरपालिका विभिन्न ठाउँमा गरेको छड्के जाँचका क्रममा घरायसी तथा अन्य ग्राहकले गैर कानुनी रुपमा व्यापक बिजुली प्रयोग गरिरहेको फेला पारेको हाे ।

प्रादेशिक कार्यालय जनकपुरले नमुनाका रुपमा एक सय ग्राहकको सिङ्गल तथा थ्री फेज मिटरको छड्के जाँच गरेको थियो । त्यसमध्ये ४०भन्दा बढी ग्राहकले विद्युत् चोरी गरेको पाइएको कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले बताउनुभयो ।

प्रमुख ठाकुरले विद्युत् वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारेर किला हालेर घुम्न नदिने, मिटरलाई बाइपास गरी विद्युत् प्रयोग गर्नेलगायतका गैर कानुनी क्रियाकलाप सङ्गठित रुपमै भइरहेको पाइएको बताउनुभयो । उहाँले गैर कानुनी रुपमा विद्युत् प्रयोग गरिरहेका ग्राहकलाई जरिबानासहित हदैसम्मको कारबाही गर्न मलङ्गवा वितरण केन्द्रलाई निर्देशन दिइएको बताउनुभयो ।  केन्द्रको विद्युत् चुहावट ५२ प्रतिशत छ ।

कार्यालयले विद्युत् चोरेर प्रयोग गरिरहेको थ्री फेजका दुईवटा राइस मिल र एउटा सिँचाइको ग्राहकलाई जरिबानासहित कारबाही गरेको छ । मिलहरुले मिटर बाइपास गरी विद्युत् प्रयोग गरिरहेका थिए । ब्रम्हबाबा जलउपभोक्ता समिति, धनकौलले ५० एमभीएको निजी ट्रान्सफर्मर जडान गरी विनामिटर एक वर्षदेखि विद्युत् चोरेर प्रयोग गरिरहेको थियो । याे समितिलाई साढे ६१ हजार रुपैयाँ जरिबाना तिराइएको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया