मेस्सी र राेनाल्डाे फेब्रुअरीमा आमनेसामने हुने

 मंसिर २६, २०८० मंगलबार १५:३६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व फुटबलका दुई शीर्ष स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो फेरि एक पटक आमनेसामने हुने भएका छन् ।

अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामीले प्रि–सिजन साउदी अरेबिया भ्रमणको पुष्टि गरेसँगै दुई महान् हस्ती मेस्सी र रोनाल्डो आमनेसामने हुने पक्का भएको हो । मेस्सी आबद्ध क्लब इन्टर मियामी र रोनाल्डो आबद्ध अल नासरले रियाद सिजन कपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

मियामीले आउँदो जनवरी २९ मा साउदी प्रो लिगको शीर्षस्थानमा रहेको अल हिलालसँग खेल्नेछ । त्यसपछि मियामीले फेब्रुअरी १ मा रोनाल्डोको कप्तानीमा रहेको अल नासरसँग खेल्नेछ । आफ्नो करिअरमा मेस्सी र रोनाल्डो ३५ पटक आमने–सामने भएका छन् । जसमा मेस्सी आबद्ध टोलीले १६ पटक र रोनाल्डोको टोलीले १० पटक जितेका छन् । नाै वटा खेल बराबरी भएको छ । मेस्सी र रोनाल्डोबीच हुने आउँदो खेललाई 'द लास्ट डान्स' भनिएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया