आयाेजक सहारा क्लबलाई हराउँदै थ्री स्टार क्वाटरफाइनलमा

 माघ ९, २०८० मंगलबार १८:१०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आयोजक सहारा क्लबलाई हराउँदै थ्री स्टार क्लब आहा रारा गोल्ड कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज भएको उद्घाटन खेलमा थ्री स्टारले सहारालाई २–१ ले हरायो । थ्री स्टारका योगेश गुरुङ र एन्जल महर्जनले गोल गरे । सहराका आशिष गुरुङले १ गोल फर्काए ।

अब थ्री स्टारले क्वाटरफाइनलमा आउँदो शनिवार भुटानको पारो एफसीसँग खेल्नेछ । प्रतियोगिताको दोस्रो खेलमा भोलि राइजिङ स्टार एफसी र त्रिभुवन आर्मी क्लब खेल्नेछन् ।

प्रतियोगिकाे उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्नुभयाे । त्यही अवसरमा उहाँले राष्ट्रिय फुटबल टाेलीका खेलाडी आयुष घलानलाई सहारा वर्षाेत्कृष्ट खेलाडीकाे रूपमा सम्मान गर्नुभयाे । घलानले ५० हजार ५ रुपैयाँ पुरस्कार पाए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा देशको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्ने फुटबल खेलाडीमध्ये एक जनालाई सहारा क्लबले बर्सेनि सम्मान गर्दै आएको छ । विसं २०७४ सालदेखि अहिलेसम्म भरत खवास, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट र अनन्त तामाङ सम्मानित भइसकेका छन् ।

यही २० गतेसम्म चल्ने प्रतियोगितामा साविक विजेता सङ्कटा क्लबसँगै १२ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया