पाकिस्तानको संसदीय चुनावमा इमरान खान समर्थित उम्मेदवारको अग्रता

 माघ २६, २०८० शुक्रबार १८:४:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तानमा हिजो भएको आमचुनावमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तेहरिक–ए–इन्साफ (पीटीआई) समर्थित उम्मेदवारले अग्रता लिएका छन् ।

पीटीआईमाथि प्रतिबन्ध लागेपछि नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए । पाकिस्तानको निर्वाचन आयोगका अनुसार अहिलेसम्म एक सय ४६ सिटको नतिजा घोषणा भएकोमा पीटीआई समर्थित उम्मदेवारले ६० सिटमा जितेका छन् । यस्तै पूर्वप्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग (पीएमएल–एन) ले ४३ र बिलवाल भुट्टो तथा आसिफ अली जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपल्स पार्टी (पीपीपीले) ले ४२ सिटमा जितेका छन् । यसैगरी अन्यले छ सिट जितेका निर्वाचन आयोगले जनाएको छ ।

पाकिस्तानको संसदमा तीन सय ३६ सिट रहेकोमा अहिले दुई सय ६५ सिटमा चुनाव भएको हो । ७० सिट समानुपातिक प्रणलीमा विजयी हुन्छन् । सरकार बनाउनका लागि कम्तीमा एक सय ३३ सिट जित्नुपर्छ ।

राज्यका सूचना बेचेको, उपहार बेचेको, असंवैधानिक विवाह गरेको लगायतका मुद्दामा ३४ वर्ष जेल सजाय तोकिएका पूर्वप्रधानमन्त्री खान अहिले जेलमा हुनुहुन्छ । पीटीआई समर्थित अन्य कतिपय नेताहरूले पनि जेलबाटै चुनावमा प्रतिस्पर्धा गरेका छन् ।

चुनावी मैदानमा आएका नयाँ अनुहार र खानले जेलभित्रबाटै सञ्चालन गरेको चुनावी अभियान प्रभावकारी देखिएकाे पाकिस्तानी राजनीतिक विश्लेषकहरूले बताएका बीबीसीले जनाएको छ । पीटीआईले आफ्नो सामाजिक सञ्जाल 'एक्स' मा आफूहरू बहुमत पाउने बाटोमा रहेको दाबी गरेको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया