सरकार र शिक्षक महासङ्घबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित
बैशाख १७, २०८२ बुधबार
काठमाण्डौ – अमेरिकाले पहिलो पटक हवाईमार्गबाट गाजा क्षेत्रमा राहत सामग्री पुर्याएको छ । अमेरिकाले जोर्डनसँगको समन्वयमा तीन वटा सैन्य विमान मार्फत खानाका ३८ हजार पोका पुर्याएको बीबीसीले जनाएको छ ।
गएको बिहीवार गाजामा राहत सामग्री लगिरहेका ट्रकलाई पीडितहरुले रोक्न खोज्दा भएको आक्रमणमा एक सय १२ जनाको ज्यान गएपछि अमेरिकाले हवाईमार्गबाट राहत सामग्री पुर्याएको हो । राहत सामग्री पुर्याउन भएको अवरोधका कारण गाजामा खाद्य सङ्कट बढ्दै गएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो तत्काल हवाईमार्गबाट राहत पुर्याउन निर्देशन दिनुभएको हो ।
गाजामा यसअघि बेलायत, फ्रान्स र जोर्डनले पनि हवाईमार्गबाट राहत सामग्री पुर्याएका छन् । बिहीवार एक सय १२ जनाको ज्यान जानेगरी भएको घटना पनि भोका मानिसले राहत बोकेको ट्रक रोक्न खोज्दा भएको भन्दै घटनाको छानबिन हुनुपर्ने अन्तराष्ट्रिय दबाब बढेको छ ।
संयुक्त राष्ट्रसङ्घले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार गाजामा ८४ प्रतिशत भन्दा धेरै महिला आधा पेट खानामा बाँचिरहेका छन् । इजरायलले गाजामा गरिरहेको आक्रमणमा २१ हजार महिला तथा बालबालिका सहित ३० हजार भन्दा धेरैको ज्यान गएको छ । सात सय मानिस हराइरहेका र ७० हजार चार सय जनाभन्दा धेरै घाइते भएका प्यालेस्टिन विद्रोही समूह हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।