अन्नपूर्ण संरक्षण क्षेत्रद्वारा नयाँ पदमार्गको पहिचान

 फागुन २०, २०८० आइतबार ९:२७:५१ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पर्यटक आगमन बढाउन र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरेको छ । सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा तीन वटा नयाँ पदमार्ग पहिचान गरेको एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले जानकारी दिनुभयो ।

लुप्रा–मुक्तिनाथ,ठिनी–तिलिचोताल र कोखेठाटी–सिरकुुङ–सौरु–चोखोपानी–चिमाङ–धुम्बाताल जोड्ने पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवर्द्धन थालिएको उहाँले बताउनुभयो । पुरानो पदमार्ग बेनी–जोमसोम र जोमसोम–कागबेनी–मुक्तिनाथ सडकका कारण विस्थापित भएको छ ।

धुलो र धुुँवाले सडकमा यात्रा गर्न समस्या भएपछि पर्यटकले प्रकृतिमा रमाउन पाउने पदमार्गको माग गरेका छन् । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरू मुस्ताङका आकर्षण हुन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया