अरुण तेस्रो जलविद्युत् परियोजनाको मुख्य सुरुङ भोलि छिचोलिने

 जेठ २१, २०८१ सोमबार १८:२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको मुख्य सुरुङ भोलि मङ्गलवार छिचोलिने भएको छ ।

मकालु गाउँपालिकाको आम्राङमा रहेको अडिट २ मा एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङ छिचोल्ने कार्यक्रम रहेको आयोजनाले जनाएको छ । ११ किलोमिटर आठ सय ३० मिटर लामो मुख्य सुरुङमा विस्फोट गरी छिचोलिने कार्यक्रम रहेको छ ।

आम्राङमा सुरुङ छिचोलेपछि प्रधानमन्त्री प्रचण्ड हेलिकोप्टरबाट नै चिचिला गाउँपालिका–३ मा रहेको पुखुवा दोभानको विद्युत् गृह निर्माण क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ ।

अरुण तेस्रो जलविद्युत् परियोजनाको ७५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको आयोजनाले जनाएको छ । एक खर्ब चार अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनाबाट नेपाललाई २१ दशमलव नाै प्रतिशत निःशुल्क बिजुली प्राप्त हुनेछ । आयोजनाबाट स्थानीय प्रभावितहरूले एक अर्ब ६० करोड रुपैयाँको शेयर र प्रति महिना प्रति घर ३० युनिटसम्म बिजुली निःशुल्क प्राप्त गर्नेछन् ।

निर्माण जिम्मा पाएको भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एमजेभीएन) ले निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने विद्युत् विकास सम्झौतामा छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया