डोल्पाको जुफाल विमानस्थल मर्मतको काम अन्तिम चरणमा

 चैत २४, २०८० शनिबार १२:५४:२७ | रासस
unn.prixa.net

सामाजिक सञ्जाल

डोल्पा – हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल मर्मतको काम ८५ प्रतिशत सकिएको छ । गएको फागुन १६ गतेदेखि बन्द भएको विमानस्थलको धावनमार्ग सम्याउनेलगायतका कामसहित ८५ प्रतिशत काम सकिएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनीयर वीरप्रसाद शाहीले जानकारी दिनुभयो । विमानस्थलको धावनमार्ग कतै उठेको र केही ठाउँमा चिरा परेर भासिएपछि एक सय ८५ मिटर स्तरोन्नति गरिएको हो ।

विमानस्थल मर्मतको काम सकिएपछि सहजरूपमा उडान र अवतरण गर्न सकिने नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ । अब ढिलोमा एक हप्ताभित्र सबै काम सकिने उहाँले बताउनुभयो । काम सकेर आउँदो वैशाख १ गतेभित्रै हवाई सेवा सञ्चालन गर्ने योजना रहेको शाहीले बताउनुभयो । 

डोल्पावासीका लागि यातायातको प्रमुख एवम् भरपर्दो साधन नै हवाई यातायात हो । आजीवन तामाङ मरिन जेभी धादिङले छ करोडमा मर्मतको लिएको थियो । धानवमार्ग जीर्ण भएका कारण सरकारी तथा निजी एयरलाइन्स कम्पनीले यसअघि पटक–पटक उडान गर्न नसकिने बताउँदै आएका थिए । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया