टी–२० विश्वकपमा आज राति अमेरिका र पाकिस्तान खेल्दै

 जेठ २४, २०८१ बिहीबार १८:३०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज राति अमेरिका र पाकिस्तान खेल्दैछन् । समूह ‘ए’ को यो खेल अमेरिकाको डालासमा रहेको ग्रान्ड पेरी स्टेडियममा राति सवा ९ बजे शुरु हुनेछ ।

अमेरिका र पाकिस्तानले एकअर्कासँग अहिलेसम्म कुनै टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलकाे छैनन् । आजकाे खेल यी दुई टाेलीबीचकाे पहिलाे भेट हुनेछ । 

प्रतियोगितामा अमेरिकाले दोस्रो र पाकिस्तानले पहिलो खेल खेल्न लागेका हुन् । अमेरिकाले पहिलो खेलमा क्यानडालाई हराएको थियो । अमेरिका २ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

टी–२० विश्वकपमा आज बिहान भएका खेलमा अस्ट्रेलियाले ओमानलाई र युगान्डाले पपुवा न्यु गिनीलाई हराएको छ ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया