हेल्प नेपालले पुलिसलाई साेझाे सेटमा हरायाे

 जेठ २४, २०८१ बिहीबार १८:३१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आठौँ प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा आज भएका खेलमा महिलातर्फ न्यु डायमन्ड क्लब र एभरेस्ट क्लब विजयी भएका छन् ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको पहिलो खेलमा न्यु डायमन्डले पहिलो जित हात पार्ने क्रममा कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । यस्तै एभरेस्टले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–२ को सेटमा हरायो ।

यस्तै पुरुषतर्फ एपीएफ क्लब, हेल्प नेपाल विजयी भएका छन् । एपीएफले कोशी प्रदेशलाई ३–१ र हेल्प नेपालले नेपाल पुलिस क्लबलाई ३–० को सेटमा हरायो । पुरुषतर्फ नै अहिले गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब खेलिरहेका छन् । यो खेल सकिएपछि सुदूरपश्चिम प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब खेल्नेछन् ।

प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ वटा टोली रहेका छन् । लिग चरणपछि पुरुष र महिला दुवैतर्फ शीर्ष दुई टोलीबीच जेठ २६ गते फाइनल खेल हुनेछ । पुरुष र महिला दुवैतर्फको विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ पाउनेछन् ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया