सरकार पुरानै तरिकाले चल्यो : डा. भट्टराई

 माघ २१, २०७५ सोमबार १०:३४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले सरकार पुरानै तरिकाले चलेको बताउनु भएको छ ।

‘असल राजनीति र समावेशी विकासका लागि जनसम्बाद’ गर्नेक्रममा खोटाङ आइपुग्नु भएका डा. भट्टराईले सोमबार बिहान दिक्तेलमा भएको पत्रकार भेटघाट कार्यक्रममा सरकारको गती पूरानै शैलीको भएको टिप्पणी गर्नुभयो ।

मध्यपहाडी लोकमार्गको पूर्वी प्वइन्ट चियोभञ्ज्याङबाट माघ १५ गतेदेखि सुरु भएको एक महिने अन्तर सम्बादका क्रममा आइतबार साँझ दिक्तेल आइपुग्नु भएका डा. भट्टराईले सरकारको भूमिका जनताको अपेक्षा अनुसार नभएको बताउनुभयो । 

भट्टराईले जनताको जीवनमा परिवर्तन आउने खालका ठूल–ठूला परियोजना, लाखौं जननताले रोजगार प्राप्त गर्ने वातावरण बन्न नसक्दा जनतामा निराशा छाएको पनि बताउनुभयो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया