पुनर्निर्माणमा खटिएका १९ प्राविधिकलाई कारबाही

 असार १५, २०७६ आइतबार १९:४३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १९ जना प्राविधिकलाई कारबाही गरेको छ । गैरकानुनी कार्यमा संलग्न रहेको भन्दै उनीहरुलाई प्राधिकरणले कारबाही गरेको हो । 

प्राधिकरण अन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिक गैरकानुनी कार्यमा संलग्न रहेको भेटिएपछि कारबाही गरेको प्राधिकरणले जनाएको छ । 

पुनर्निर्माणमा खटिएका प्राविधिकले भूकम्प प्रभावितसँग उल्टै रकम असुल गरेको, दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर किर्ते गरी हाजिर सिफारिस गर्ने गरेको, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ र जिल्ला आयोजना कार्यान्वयन इकाइले दिएका निर्देशन पालना नगरेका कारण कारबाही गरिएको पनि प्राधिकरणले जनाएको छ । 

कारबाहीमा परेका प्राविधिकको करार सम्झौता भङ्ग गरिएको छ । कारबाहीमा पर्नेमा १२ जना इञ्जिनियर, पाँच जना सब–इञ्जिनियर र दुई जना सहायक सब–इञ्जिनियर छन् । 

कारबाहीमा पर्नेमा नुवाकोटमा कार्यरत आठ जना, काभ्रेमा कार्यरत तीन जना, सिन्धुपाल्चोकमा कार्यरत दुई जना, दोलखामा कार्यरत दुई जना, धादिङमा कार्यरत दुई तथा भोजपुर र सोलुखुम्बुमा कार्यरत एक एक जना रहेका छन् ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया