विदेशी मुद्राकाे सञ्चिति १४ खर्ब ७० अर्ब, १० महिनामा १० खर्ब र...
जेठ २६, २०८० शुक्रबार
सेप्टेम्बर ९ अर्थात् आज अक्षय कुमारको जन्मदिन हो । सन् १९९१ मा 'सौगन्ध' चलचित्रबाट बलिउड यात्रा सुरु गरेका अक्षय कुमारको जन्म सन् १९६७ सेप्टेम्बर ९ मा भएको थियो ।
बलिउडका खेलाडीका रुपमा चिनिने अक्षयको जीवन निकै संघर्षपूर्ण रहेको छ । सुपरस्टार बन्नुअघि उनले वेटरका रुपमा काम गरेका थिए । मेहनत, त्याग र अनुशासनले अक्षयलाई त्यो सफलता दियो, जसको बारेमा उनले पनि सोचेका थिएनन् ।
बलिउडका खेलाडी अक्षयको पढाइमा त्यति रुचि देखिँदैन । उनले डन बस्को स्कुलमा पढाइ गरेपछि दिल्लीको खालसा कलेजबाट स्नातकको डिग्री लिएपछि मार्शल आर्ट सिक्न बैंकक गए ।
उनको वास्तविक नाम राजीव हरि ओम भाटिया हो । अक्षयको जन्म अमृतसरमा भएको हो । पहिले केही समय पुरानो दिल्लीमा बसेपछि अक्षयको सबै परिवार मुम्बईमा शिफ्ट भएका थिए ।
स्कुलमा अक्षयका १० जनाको समूह थियो, जसलाई उनीहरुले ‘ब्लूडी डेन’ को नाम दिएका थिए । अक्ष्या तेक्वान्दोमा ब्ल्याक बेल्ट पनि हुन् । बाल्यकालदेखि नै उनको रुचि मार्शल आर्टमा थियो । उनले ८ कक्षादेखि नै ट्रेनिङ लिन सुरु गरेका थिए ।
चलचित्रमा आउनुअघि अक्षयले बैंककमा ‘मुए थाई’ पनि सिकेको बताइन्छ । यो थाइल्याण्डको कठिन मार्शल आर्ट हो, जसमा विभिन्न तरिकासँगै सिधा भएर प्रहार गरिन्छ । अक्षयले बैंककमा वेटरको रुपमा काम पनि गरे । उनले मार्शल आर्ट्समा आधारित वृत्तचित्र पनि सञ्चालन गरेका छन् ।
अक्षयलाई अनुशासनले बाँधेर राखेको छ । उनी प्रत्येक दिन बिहान ५ बज्नुअघि नै उठ्छन् । ६ बजेदेखि उनी आफ्नो काम सुरु गर्छन् सूर्यास्तअघि नै डिनर गर्छन् ।
अक्षय कुमार विश्वको सबैभन्दा धेरै कमाइ गर्ने अभिनेताको चौथो नम्बरमा पनि परेका छन् । फाेर्ब्स लिस्टमा अन्य कुनै भारतीय अभिनेताको नाम छैन, यही हिसाबले उनी भारतका सबैभन्दा धेरै कमाइ गर्ने अभिनेता बनेका छन् ।
फाेर्ब्सका अनुसार अक्षयको कुल सम्पत्ति ६९ मिलियन डलर (जुन २०१८ देखि जुन २०१९ सम्म) रहेको छ । अक्षय 'लग्जरी लाइफ' को शौखिन छन् । उनीसँग निजी विमान, महंगा भवन र कैँयौ महंगा गाडी पनि छन् ।